नेबिसंघको महाधिवेशन २ महिनाभित्र हुन सक्दैन्ः महामन्त्री कोइराला

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले दुई महिनाभित्र नेपाल विद्यार्थी संघको महाधिवेशन हुने संभावना नरहेको दाबी गरेका छन् ।

पार्टीको केन्द्रीय समिति बैठकमा सहभागी हुन आईतबार पार्टी कार्यालय सानेपा पुगेका महामन्त्री कोइरालाले थप गरिएको समयभित्र नेपाल विद्यार्थी संघको महाधिवेशन हुन नसक्ने प्रतिक्रिया दिएका हुन् ।

Advertisement

विधान विपरित पार्टी नेतृत्वले नेपाल विद्यार्थी संघको वर्तमान पदाधिकारीको समय थप्ने काम गरेको भन्दै विद्यार्थी नेताहरुले नेविसंघलाई विधान अनुसार चलाउन माग गरेपछि महामन्त्री कोइरालाले विद्यार्थीको मागमा ऐक्यबद्धता जनाउँदै थप गरिएको समयभित्र महाधिवेशन हुन नसक्ने प्रतिक्रिया दिए ।

More News last news
Loading...