देउवा साँझ सुटुक्क पुगे प्रधानमन्त्री निवास

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा शनिबार साँझ सुटुक्क प्रधानमन्त्री निवास छिर्नु भएको छ । सभापति देउवा नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक चलिरहेकै बेला पूर्वमन्त्री रमेश लेखकसहित प्रधानमन्त्री निवास जानुभएको हो ।

सभापति देउवाले पछिल्लोसमय सरकारको तीब्र आलोचना गर्दै आउनुभएको छ । कांग्रेस सरकारविरुद्ध सक्रिय रुपमा लागेको छ । यहीबेला सभापति देउवा प्रधानमन्त्री केपी ओलीलाई भेट्न बालुवाटर जानुभएको छ ।

Advertisement

प्रधानमन्त्री ओली र सभापति देउवाबीचको भेटघाट तथा छलफलबारे प्रधानमन्त्री कार्यालयले भने केही खुलाएको छैन । प्रधानमन्त्रीका प्रेस सललाहकार डा. कुन्दन अर्यालले सरकार र प्रतिपक्षबीच बेलाबेलामा भेटघाट तथा छलफल हुने गरेको र सभापति देउवा त्यसैको लागि प्रधानमन्त्री निवास जानु भएको बताउनु भयो ।

More News last news
Loading...