डाक्टर केसी बिरामी, शिक्षण अस्पतालमा भर्ना

काठमाडौं । डाक्टर गोविन्द केसी अस्पताल भर्ना भएका छन् । छाती धेरै दुखेपछि केसीलाई त्रिवि शिक्षण अस्पताल अन्तर्गतको मनमोहन कार्डियोथोरासिक, भास्कुलर तथा ट्रान्स्प्लाण्ट सेण्टरको सीसीयूमा भर्ना गरिएको हो ।

उनको जाँच भइरहेको र अझै केहीदिन अस्पतालमै राख्नुपर्ने उपचारमा संलग्न डाक्टर अरुण सायमीले बताए। प्रारम्भिक रिपोर्टमा गम्भीर समस्या नदेखिएको र भोलिसम्ममा विस्तृत रिपोर्ट आएपछि मात्र के भएको भन्ने यकिन हुने उनले जानकारी दिए ।

Advertisement

सुरुमा अस्पताल भर्ना हुन नमानेका केसीलाई सम्झाइबुझाइ गरेर भर्ना गरिएको थियो । डाक्टर केसीलाई सीसीयूको ४१५ नम्बर बेडमा राखिएको छ ।

केही सयमअघि प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि यही बेडमा राखेर उपचार गराइएको थियो ।

More News last news
Loading...