काठमाडौँ । नेपालको संविधान २०७२ जारी भएको आजबाट ३ बर्ष पुरा भई चौथो बर्षमा प्रवेश गरेको छ । संविधान जारी भएको उपलक्ष्यमा विविध कार्यक्रम गरि निकै महत्वका साथ यो दिवस मनाइएको छ ।
काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम भएको छ । विश्वकै उत्कृष्ट भनिएको संविधान का बारे खासगरि मधेसवादी दलहरूले संविधान जारी भएकै दिनदेखि असन्तुष्टि जनाउँदै आएका छन् ।
आजका दिन मधेसमा कालो दिवसका रुपमा यो दिवस मनाइएको छ । संविधानको उपलब्धि र चुनौती विषयक अन्तरक्रिया कार्यक्रममा नेताहरूले संविधान अपुरो रहेकाले संसोधन गर्नुपर्ने बताएका छन् । प्राइम टाइम्स टेलिभिजन सँगको चर्काचर्की यो बहस हेर्नुहोस् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
