नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेता विदेश भ्रमणमा व्यस्त हुँदा पार्टी काम प्रभावित हुन थालेका छन्।
पार्टी अध्यक्षदेखि सचिवालयका नेता विदेश यात्रामा रहँदा जनसंगठन तथा पार्टीका तल्लो कमिटी (प्रदेश तथा जिल्ला कमिटी) को एकीकरण प्रक्रिया प्रभावित भएको छ।
९ सदस्यीय सचिवालयमा अहिले दुईजना विदेशमा भने दुई नेता विदेश जाने तयारीमा छन् । वरिष्ठ नेता माधवकुमार नेपाल अमेरिका र ईश्वर पोखरेल लेवनानमा छन् ।
भारत सरकारको निमन्त्रणमा अध्यक्ष पुष्पकमल दाहाल २२ भदौमा भारतको ५ दिने भ्रमणमा जाँदैछन् ।
चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ नेतृत्वको नेकपाको एउटा टोली चीन जाँदैछ । श्रेष्ठ नेतृत्व टोलीको भ्रमणलाई सचिवालय बैठकले अनुमोदन पनि गरिसकेको छ । श्रेष्ठ चीनमै रहेका बेला अध्यक्ष दाहाल असोज १ मा चीन भ्रमणमा जाने कार्यक्रम छ ।
शीर्ष नेताहरू विदेशमा रहेपछि १९ र २० भदौका लागि बोलाइएको स्थायी समिति बैठक प्रभावित हुने देखिन्छ । वरिष्ठ नेता नेपाल भदौ २० र पोखरेल लेवनान–पोल्यान्ड हँुदै भदौ २३ मा स्वदेश फर्कनेछन् ।, यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।
विदेशमा रहेका नेता
माधवकुमार नेपाल –अमेरिका
ईश्वर पोखरले–लेबनान् –पोल्यान्ड
विदेश जाने तयारीमा रहेका
पुष्पकमल दाहाल –भारत–चीन
नारायणकाजी श्रेष्ठ – चीन
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
