विराटनगर । विराटनगर महानगरपालिका १४ स्थित श्रीकृष्ण गौशालामा गाईको गोबर संकलन गरेर उत्पादन गरिएको वायोग्याँस पाइपबाट ३२ घरमा जडान गरिएको चुल्हो मंगलबार प्रधानमन्त्री ओलीले पाइपबाट कार्यक्रम स्थलमै ल्याइएको वायोग्यासबाट चुल्हो बालेर उदघाटन गर्दै यस्तो बताएका हुन ।
प्रधानमन्त्री ओलीले उद्घाटन गरेसँगै औपचारिक रुपमा मंगलबारदेखि स्थानीय ३२ घरमा पाइपलाइनमार्फत गोवरबाट उत्पादन भएको ग्यास स्थानीयको चुलोमा बल्नेछ । थप ४५ घरमा पनि चाडै पाइपलाइनमार्फत ग्यास वितरण गर्ने योजना रहेको छ ।
उर्जामन्त्री बर्षमान पुनले विराटनगरबाट शुरु भएको पाइपलाइनबाट ग्यास वितरण हुनुले मुलुक आत्मनिर्भरतर्फ अगाडि बढेको संकेत गरेको बताए ।
उनले भने ‘यस्ता किसिमका ३ सय बढी मझौला परियोजना मुलुकका विभिन्न स्थानमा सञ्चालनमा छन्, यस्ता परियोजनाले ग्यासको परनिरर्भता कमी ल्याउनेमा सहयोग हुनेछ ।’
श्रीकृष्ण गौ सेवा सदनमा २०० घनमिटर क्षमताको बायो ग्यास उत्पादनको काम अन्तिम चरणमा पुगेपछि नेपालमा पाइपलाइनबाट भान्सामा ग्यास पुर्याउन थालिएको हो ।
प्रधानमन्त्री ओलीले भने, ‘अब ३२ घरले काँधमा सिलिण्डरको डल्ला बोकेर हिड्नु पर्दैन । पाइपबाटै ग्यास आउँछ ।’यस्तै परियोजना कास्की, स्याङ्जा लगायतका स्थानमा पनि काम भइरहेको उनले बताए । प्रधानमन्त्री ओलीले यस्ता क्षेत्रमा लगानी गर्न उद्योगीहरुलाई आहृवान समेत गरेका छन ।
यसअघि उनले सरकारले जे गर्दा पनि विरोध मात्र भइरहेको बताएका थिए ।
उनले सरकार बाहिर भएको हल्लाको आधारमा नचल्ने समेत बताएका छन् । विराटनगर विमानस्थलमा मंगलबार संचारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले जे गर्दा पनि आलोचना र होहल्ला भइरहेको बताए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
