अत्यधिक करका कारण जनता आतंकीत

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद अनिता देवकोटाले अहिले स्थानीय सरकारले जनतालाई अत्यधिक कर थोपरेर आतंकीत बनाइरहेको आरोप लगाएकी छिन् । राष्ट्रिय सभाको हिजोको विशेष समयमा बोल्दै सांसद देवकोटाले यस्तो बताएकी हुन् । मुलुकमा संघीयता आए पछि सिंहदरबारको अधिकार गाउँगाउँसम्म पुग्ने आशामा बसेका जनतलााई अहिले स्थानीय सरकारले अण्डा, कुखुरा, जन्म दर्ता, नागरिकताको सिफारिश लगायत खोला तर्दा समेत अत्यधिक कर थोपर्दा जनता असह्य पीडामा रहेको भन्दै सांसद देवकोटाले सभाध्यक्ष मार्फत सदन तथा सरकारको ध्यानाकर्षण गराएकी छिन् ।

सांसद देवकोटाले प्रतिपक्षले कामै गर्न नदिएको भनी आरोप लगाउने वर्तमान सरकारले जनतालाई अत्यधिक कर लगाएर संघीयतालाई नै बदनाम गर्ने उद्देश्य लिएको पनि आरोप लगाएकी छिन् ।त्यस्तै विशेष समयमा नै बोल्दै नेकपा(नेकपा)का सांसद कालीबहादुर मल्लले हालैको अविरल वर्षाका कारण जाजरकोट जिल्लाको नलगाढ नगरपालिका–१२ मा अस्ति पहिरो जाँदा भेरी नदि समेत केही समयका लागि थनिएर होटल, कटेज तथा घरहरु बगाएर भयावह स्थिति सिर्जना भएको तथा हिजो मात्र झुक्रा खोला पनि पहिरोका कारण थुनिदा वरपरका बालिनाली तथा धनजनको ठूलो क्षति भएको भन्दै सभाध्यक्ष मार्फत सदन तथा सरकारको ध्यानाकर्षण गराएका छन् ।

Advertisement

सो घटना प्रति आपूर्ति, गृह तथा वनमन्त्रालयको समेत तत्काल ध्यान जान जरुरी रहेको बताउँदै सांसद मल्लले सो स्थानका बाढी तथा पहिरो पीडितलाई तत्काल राहत र क्षतिपूर्तिको व्यवस्था गर्न पनि सरकारसँग माग गरेका छन् ।यसैगरी विशेष समयमा बोल्दै नेपाली कांग्रेसकी सांसद धनकुमारी खतिवडाले ललितपुरस्थित रेडियो नेपालको ४२ रोपनी जग्गा स्थानीय तह, नगरपालिका तथा जिल्ला प्रशासन कार्यालयलाई समेत जानकारी नै नदिई अहिले संचारमन्त्रालयले निजी हाउजिङ्ग कम्पनीलाई ३० वर्षको लिजमा उपलब्ध गराएको भन्दै यस विषयमा संचार तथा सूचना प्रविधि मन्त्रीको जवाफ माग गरेकी छिन् ।

 

More News last news
Loading...