काठमाडौं ।राष्ट्रियसभामा नेकपाको तर्फबाट मुख्य सचेतक रहेका युवा नेता खिमलाल भट्टराईलगायत नेकपामा नेताहरुलाई जापान सरकारले विमानस्थलबाटै नेपाल फर्काइदिएको छ । जापानको हिरोसिमामा आयोजित निशस्त्रीकरणसम्बन्धी कार्यक्रममा भाग लिन जापान पुगेका उनीहरुलाई जापान सरकारले विमानस्थलबाट प्रवेश अनुमति नदिएर विमानस्थलबाटै नेपाल फर्काइदिएको हो ।
जापान सरकारले मुख्य सचेतक भट्टराईसँगैको भ्रमण टोलीमा रहेका नेकपाकै अर्का युवा नेता एवम् अनेरास्ववियूका पूर्वअध्यक्ष किशोर मल्ल, दुर्गा शर्मा लगायतका नेताहरुलाई विमानस्थलबाट नेपाल फर्काइदिएको बताइएको छ ।
जापानको हिरोसिमास्थित होटलमा भट्टराईलाई स्वागत गर्न नेपाली प्रतिनिधिहरु उपस्थित रहेपनि उनी होटलसम्म पनि नपुगेको बताइएको छ । यद्यपी यसबारेमा मुख्य सचेतक भट्टराईसहितका नेताहरुले केही धारणा सार्वजनिक गरेका छैनन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
