काठमाडौं । जिल्ला अदालत काठमाडौंले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । बुधबार अपरान्ह जिल्ला अदालत काठमाडौंमा लगिएका प्रकाण्डलाई थुनामै राखेर थप अनुसन्धानको काम अघि बढाउन प्रहरीलाई अनुमति दिइएको हो ।
मंगलबार साँझ काठमाडौंका टौदहबाट पक्राउ परेका प्रकाण्डसहित उनका ३ जना सहयोगीमाथि जब्बरजस्ती चन्दा असुली गरिएको अभियागमा मुद्दा दर्ता गरिएको छ । यसैबीच, पक्राउ परेका प्रवक्ता प्रकाण्डले सरकारले राजनीतिक गरेकै कारण आफूलाई पक्राउ गरी नजरबन्दमा राख्ने र रातभर सुत्न नदिई चरम मानसिक यातना दिने काम दिएको प्रतिक्रिया दिए ।
उनले आफू आवश्यक पर्दा देश र जनताका लागि जीवन बलिदान गर्न पनि तयार रहेको चेतावनी पनि दिए । सरकारले देश र जनताको निम्ति राजनीनि गरिरहेको आफूलाई पक्राउ गरेर प्रतिक्रान्तिको नमूना प्रर्दशन गरेको प्रवक्ता प्रकाण्डको भनाई छ ।
पार्टीको कामको शिलशिलामा मंगलबार हेटौडाबाट काठमाडौं फर्कने क्रममा प्रवक्ता प्रकाण्डसहित तीन जनालाई प्रहरीले काठमाडौंको टौदहबाट पक्राउ गरेको थियो । पक्राउ परेका तीनै जनामाथि प्रहरीले जब्बरजस्ती चन्दा असुली गरेको अभियोगमा मुद्दा चलाएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
