काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद बैठक बहिष्कार गरेको छ ।
गृहमन्त्री रामबहादुर थापालाई प्रतिप्रश्न गर्न नपाएको भन्दै सुरुवातमा नेपाली कांग्रेसले संसद अवरोध गरेको थियो तर सभामुख कृष्णबहादुर महराले आफूले गृहमन्त्रीलाई शुन्य र विशेष समयमा उठेको प्रश्नको जवाफ दिनका लागि समय दिएको भन्दै प्रतिप्रश्नका लागि समय दिन नसकिने बताएका थिए ।
गृहमन्त्री थापाले कञ्चनपुरमा बालिका बलात्कारपछि हत्या प्रकरण र सांसद निरुदेवी पालमाथि धम्की दिइएको विषयमा संसदलाई जानकारी दिएका थिए। थापाले बोलेपछि प्रतिप्रश्न सोध्न पाउनुपर्ने भन्दै कांग्रेस सांसदहरू बसेको ठाउँबाट उभिएका थिए। तर सभामुख महराले उनीहरूलाई समय दिएनन्।
त्यसपछि पनि कांग्रेस सांसदले प्रतिप्रश्न गर्नुपर्ने माग उठाइरहे। उनीहरूलाई बस्न आग्रह गर्दै सभामुख महराले बीमा विधेयक प्रस्तुत गर्न अर्थमन्त्री युवराज खतिवडालाई समय दिएपछि कांग्रेस सांसदहरूले बैठक बहिष्कार गरेका हुन्। संसदको अर्को बैठक शुक्रबार डाकिएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
