सभामुख र उपसभामुखको विषयमा बहस नगर्न सभामुखको रुलिङ

काठमाडौं । सभामुख कृष्णबहादुर महराले सभामुख र उपसभामुख एउटै दलको भएको विषयमा बहस नगर्न रुलिङ गरेका छन्।

आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले ‘अदालतमा विचाराधीन रहेको विषयलाई संविधानको धारा १०५ मा व्यवस्था भएअनुसार नेपालको कुनै अदालतमा विचाराधीन मुद्दाका सन्दर्भमा न्याय निरुपणका प्रतिकूल असर पर्ने कारण यस सम्बन्धमा छलफल गर्न नमिल्ने जानकारी गराउँछु’ भन्दै संसदलाई जानकारी गराएका हुन्।

Advertisement

आजको बैठकमा कांग्रेसकी सांसद लक्ष्मी परियारले यो विषय उठान गरेकी थिइन्। यसअघि शुक्रबारको बैठकमा पनि कांग्रेसका सांसद मिनेन्द्र रिजालले यस विषयमा प्रश्न उठाएका थिए।

उक्त क्रममा नेकपा सांसद कृष्णभक्त पोखरेलले विचाराधीन मुद्दालाई संसदमा उठाउन नमिल्ने भन्दै प्रतिक्रिया दिएका थिए।

More News last news
Loading...