काठमाडौं । कानूनमन्त्री शेरबहादुर तामाङको वर्खास्तको माग राख्दै छात्राहरूको जुलुस निकालेका छन् । नेपाल विद्यार्थी संघ पद्मकन्या कलेज इकाइले निकालेको छात्राहरूको जुलुसमा प्रहरीले हस्तक्षेप गरेको हो ।
बंगलादेशमा एमबिबिएस पढ्न जाने छात्राहरूले आफूलाई नसुम्पी सर्टिफिकेट नपाउने विवादास्पद अभिव्यक्ति दिएका तामाङको राजीनामा माग गरिएको छ।
नेबिसंघ पद्मकन्या क्याम्पसकी कार्यवाहक सभापति पवित्रा गौलीका अनुसार पद्मकन्या क्याम्पस प्रवेशद्वारबाट निस्किने बित्तिकै प्रहरीले छात्राहरूलाई लछारपछार पारेको थियो।
प्रहरी हस्तक्षेपमा पवित्रा गौली, छाया ढुंगाना र सुजाता कोइराला घाईते भएका छन् ।
नेबिसंघले मेडिकल माफिया दुर्गा प्रसाइलार्इ कारवाहिको माग सहित चिकित्सा शिक्षा सुधारका लागि अनसनरत चिकित्सक गोविन्द केसीको जीवन रक्षा लगायतका माग राखेको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
