तुइन विस्थापन गर्ने प्रधानमन्त्रीको गफै मात्र, गायिका आनीले दिईन एक करोड सहयोग !

काठमाडौं । तुइन विस्थापन कार्यक्रमका लागि गायिका आनी छोइङ डोल्माले एक करोड रुपैयाँ सहयोग हस्तान्तरण गरेकी छिन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरेको तुइन विस्थापन कार्यक्रममा सहयोगस्वरुप आफूले रकम संकलन गरेर हस्तान्तरण गरेको डोल्माले बताईन् ।

Advertisement

नेपाल टेलिभिजनबाट प्रसारण भएको जनतासँग प्रधानमन्त्री कार्यक्रमको बुधबार प्रसारित पहिलो श्रृँखलामा गायिका आनीले प्रधानमन्त्री ओलीलाई रकम हस्तान्तरण गरेकी हुन् ।

एउटा मात्र भए पनि झोलुङ्गे पुल बन्न सकोस् भनेर आफूले रकम संकलन गरेको उनले बताईन् । सहयोग रकम बुझ्दै प्रधानमन्त्री ओलीले आफूले एक महिनाको तलव थपेर तुइन विस्थापन कोष स्थापना गर्ने र अबको एक वर्षमा सबै तुइन विस्थापित भैसक्ने दाबी गरे ।

प्रधानमन्त्री ओलीले यसअघि प्रधानमन्त्री हुँदा तुइन बिस्थापन गर्ने भनेपनि हालसम्म विस्थापन हुन सकेको छैन् । कार्यक्रम प्रस्तोता मनोज पाण्डेले पनि कोषमा पचास हजार रुपैयाँ सहयोग दिने घोषणा गरे ।

More News last news
Loading...