काठमाडौं । प्रतिनिधिसभाको बैठक साउन ११ गते सम्मका लागि स्थगित भएको छ ।
बिहीबार १ बजेका लागि बोलाइएको बैठक संसद सचिवालयले सूचना टाँसेर ११ गते सम्मका लागि स्थगित भएको जनाएको हो ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बिहीबारको बैठक अवरोध गर्ने जनाएको थियो ।
आजको बैठकमा बीमा विधेयकलाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले प्रस्तुत गरेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने र अर्थमन्त्री युवराज खतिवडाले बीमा विधेयक २०७५ प्रस्तुत गर्ने कार्यतालिका थियो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
