काँग्रेस सभापति देउवाले दिए प्रधानमन्त्री ओलीलाई यस्तो चेतावनी !

काठमाडौं । नेपाली काँग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सम्माननीय प्रधानमन्त्री के.पी.शर्मा ओलीलाई भेटेर डा.गोविन्द के.सी.को स्वास्थ्य स्थिति थप गम्भीर बन्दै गएको विषयप्रति ध्यानाकर्षण गरेका छन् ।

भेटका क्रममा सभापति देउवाले डा के.सी. सँग तत्कालै वार्ता गरेर तत्कालै माग पूरा गरी उनको जीवन रक्षा गर्नु सरकारको कर्तव्य रहेको बारे प्रधानमन्त्रीलाई सचेत गराएका थिए ।

Advertisement

सभापति देउवाले आफ्नो नेतृत्वमा रहेको नेपाली कांग्रेसको सरकारले डा.के.सी.को मागलाई सुनुवाई गरेर माथेमा उच्चस्तरीय कार्यदलको आधारमा जनभावना अनुरुप जारी गरेको अध्याधेशलाई हुबहु विधेयकको रुपमा ल्याउनु अहिलेको समाधान हुने धारणा प्रधानमन्त्री समक्ष राख्नु भएको काँग्रेस केन्द्रिय कार्यालयद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

यदि सरकारले यसलाई तोडमोड गरेर जवरजस्ती ढंगले विधेयक ल्याउने प्रयत्न गरे कांग्रेसको विरोधको सामना गर्नु पर्ने चेतावनी समेत सभापति देउवाले दिएका थिए ।

More News last news
Loading...