डाक्टर केसीसँग वार्ता गर्न सरकारले बनायो समिति

काठमाडौं । सरकारले अनसनरत डाक्टर गोविन्द केसीसँग वार्ता गर्न समिति गठन गरेको छ ।

मन्त्रिपरिषद्को बैठकले शिक्षा सचिव खगराज बरालको नेतृत्वमा वार्ता समिति गठन गरेको हो। समितिमा गृहमन्त्रालयका सह सचिव र स्वास्थ्य मन्त्रालयका एक सह सचिव सदस्य रहनेछन्।

Advertisement

चिकित्सा शिक्षा अध्यादेशमा भएका व्यवस्था हटाएर सरकारले संसदमा विधेयक अगाडि बढाएपछि १७ दिनदेखि डा.गोविन्द केसी जुम्लामा आमरण अनसनमा छन्। समितिले केसीसँग वार्ता गरी विधेयकमा सहमतिको प्रयास गर्नेछ।

More News last news
Loading...