भारतीय प्रधानमन्त्री मोदी चौथो पटक नेपाल आउँदै

काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्रीकै हैसियतमा नेपालको चौथो भ्रमण गर्ने भएका छन्। प्रधानमन्त्री भए यताको चार बर्षमा मोदीले नेपालको चौथो भ्रमण गर्ने भएका हुन्।

२०७५ वैशाख २८ गतेदेखि ३ दिने नेपाल भ्रमण गरेका मोदीले चौथो भ्रमण भने आगामी भदौमा गर्ने भएका हुन्। मोदी यो पटक भने भदौ १४ र १५ गते हुने बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास बिम्स्टेकको चौथो शिखर सम्मेलनमा भाग लिन नेपाल आउने भएका हुन्।

Advertisement

यसअघी उनले आफू प्रधानमन्त्री भएपछिको दोस्रो भ्रमण नेपालमा गरेका थिए भने सार्क सम्मेलनमा भाग लिन दोस्रो पटक भारतीय प्रधानमन्त्रीको हैसियतमा नेपाल आएका थिए।

विमस्टेकमा नेपाल, भारत, बंगलादेश, म्यानमार, थाइल्याण्ड, भुटान र श्रीलंका यसका सदस्य राष्ट्र रहेका छन्। शिखर सम्मेलनमा यि देशका सरकार प्रमुखहरुले सहभागिता जनाउने छन्।

बिम्स्टेकको यसअघि पहिलो शिखर सम्मेलन सन् २००४ मा थाइल्याण्डमा, दोस्रो सन् २००८ मा भारत र तेस्रो सन् २०१४ मा म्यान्मारमा सम्पन्न भइसकेको छ।

More News last news
Loading...