काठमाडौं । नेपालमा सलमान खानको दबङ टुर गराउने भन्दै लाखौं रकम उठाएका ओडीसी इन्टरटेनमेन्टका सञ्चालक सिमान्त गुरुङलाई प्रहरीले ठगी अभियोगमा शुक्रबार पक्राउ गरेको छ ।
बलिउड टाइगर सलमानलाई ल्याउनका लागि उनले पटक–पटक रकम उठाउनुका साथै टुबोर्ग वियरको स्पोन्सर पनि लिएका थिए ।
पक्राउ गरिएका गुरुङलाई महानगरीय अपराध महाशाखामा राखिएको छ । ओडीसी इन्टरटेनमेन्टका नाममा विभिन्न देशका कलाकार नेपाल ल्याएर प्रस्तुती गराउने प्रचारबाजी गरी रकम उठाउने काममा उनको संलग्नता देखिएको थियो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
