नेपालका मन्त्री बाढी प्रभावित क्षेत्र पुगेनन्, जापानी प्रधानमन्त्री भने बाढी पीडितको सामू घुँडा टेकेर गुनासो सुने

काठमाडौं । केही दिनयता मुलुकभरको वर्षाले वितण्डा मच्चाइरहेको छ । बुधबारदेखि परेको अविरल वर्षाले भक्तपुर, काभ्रेलगायतका क्षेत्रका ठूलो धन र जनको क्षति पुग्यो । केही स्थानमा स्थानीय जनप्रतिनिधि प्रभावित क्षेत्रको अवलोकन गरे । केन्द्रीय मन्त्रीस्तर अवलोकन भएन ।

प्रधानमन्त्री केपी शर्मा ओली निवास क्षेत्र भक्तपुर जिल्ला डुबायो । केहीको मृत्यु भयो । प्रधानमन्त्री ओली प्रभावित क्षेत्रको अवलोकनमा निस्किएनन् । तर, अहिले बेला जापानी प्रधानमन्त्री सिन्जो अवे भने बाढी प्रभावित क्षेत्रको अवलोकन गरेको तस्विर सामाजिक सञ्जाल भाइरल भइरहेको छ ।

Advertisement

जापानमा बाढीले वितण्डा मच्चाएको छ । बाढीबाट करिब एक सय ६० जनाको मृत्यु भएको जनाइएको छ भने अर्बाैं रुपैयाँको क्षति भएको छ । हजारौँ मानिस विस्तापित भएका छन् । उद्धारकर्मीहरु बाढी पीडितहरुको बाढीपीडितको उद्धारमा लागेकै बेला जापानका प्रधानमन्त्री अवे एक वृद्धसँग घुँडा टेकेर गुनासो सुनिरहेको तस्विर भने सामाजिक सञ्जालमा भाइरल बनिरहेको हो ।

More News last news
Loading...