ओली सरकारको अर्को विवादास्पद निर्णय, सिंहदरबार प्रवेशमा पत्रकार र सर्वसाधारणलाई कडाइ !

काठमाडौं । सरकारले देशको प्रशासकीय केन्द्र सिंहदरबारभित्र छिर्न पत्रकार र सर्वसाधारणलाई कडाइ गर्ने भएको छ । गृह मन्त्रालय स्रोतका अनुसार सिंहदरबारभित्र छिरेर जुन मन्त्रालयको पास छ सो मन्त्रालयमा मात्र जान पाइनेछ ।

एक मन्त्रालयको पास लिएर अर्को मन्त्रालयमा जाने आगन्तुकलाई कर्मचारीले ‘रेस्पोन्स’ नै गर्ने छैनन् । गृह प्रवक्ता सहसचिव रामकृष्ण सुवेदीले एउटा पासले भित्र पसेर विभिन्न मन्त्रालय छिर्ने कुरालाई व्यवस्थित गर्न नयाँ नियम ल्याउन लागिएको जानकारी दिए।

Advertisement

उनले पत्रकारका लागि पनि यो नियम लागू हुने बताए। उनले यो नियम लागू भए हरेक मन्त्रालयले आगन्तुकलाई दिने कार्ड बनाउने र तिनको रङ फरक फरक हुने पनि जानकारी दिए। अहिले सूचना विभागको कार्ड देखाएर पत्रकार सिंहदरबार छिर्न पाउँछन्।

भित्र छिरिसकेपछि जुनसुकै मन्त्रालयमा जान सक्छन्। गृह र प्रधानमन्त्री कार्यालयमा जाँदा भने सुरक्षा जाँच हुन्छ। सरकारले यो निर्णय गर्ने समाचार बाहिरिएसँगै सामाजिक सञ्जालमा सरकारको व्यापक आलोचना भएको छ ।

केहि समय अगाडी राजधानीका केहि स्थानलाई निषेधित क्षेत्र तोक्ने निर्णय समेत गरेको थियो जुन निर्णयमाथी विवाद उत्पन्न भईरहेको छ ।

More News last news
Loading...