संसदीय सुनुवाइ विशेष समितिले पूर्णता पायो

काठमाडौं । प्रतिनिधिसभाले संसदीय सुनुवाई विशेष समितिमा रहने १२ जना प्रतिनिधिसभा सदस्यको नाम स्वीकृत गरेको छ । सोमबार बसेको बैठकमा सभामुख कृष्णबहादुर महराले प्रस्तुत गरेको १२ जनाको नाम संसदले स्वीकृत गरेको हो ।

सोमबारको प्रतिनिधिसभाको बैठकमा समितिमा मनोनयन हुने सदस्यहरुको नामावली अनुमोदन गरेसँगै समितिले पूर्णता पाएको हो । समितिमा नेपाल कम्युनिष्ट पार्टीका सांसदहरु अमृता थापा, निरूदेवी पाल, पार्वत गुरूङ, पूर्णकुमारी सुवेदी, योगेशकुमार भट्टराई, शिवकुमार मण्डल केबट, सुरेन्द्रप्रसाद पाण्डे रहेका छन् ।

Advertisement

यस्तै कांग्रेसका तर्फबाट ज्ञानेन्द्रबहादुर कार्की, भिमसेनदास प्रधान र पुष्पा भुषाल गौतम रहेका छन् । राष्ट्रिय जनता पार्टी राजपाका लक्ष्मणलाल कर्ण र संघीय समाजवादी फोरम नेपालका राजेन्द्रप्रसाद श्रेष्ठ पनि संसदीय सुनुवाइ विषेश समितिको सदस्यमा मनोनयन भएका छन् । राष्ट्रियसभाबाट यसअघि नै नेकपाका सुमन प्याकुरेल र नन्दा चपाइँ तथा कांग्रेसका जितेन्द्र नारायण देव समितिमा मनोनित भईसकेका थिए ।

More News last news
Loading...