काठमाडौं । गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीका हत्या आरोपी छविलाल पौडेललाई पुर्पक्षका लागि थुनामा राखिएको छ । आइतबार आत्मसमर्पण गरेका पौडेललाई सर्वोच्च अदालतको आदेश बमोजिम डिल्लीबजार कारागारमा राखिएको हो ।
यसअघि जिल्ला अदालत चितवनले पौडेललाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो । पुनरावेदन अदालत हेटौंडाले पनि जिल्ला अदालतको फैसला सदर गरिदिएको थियो । अधिकारीका परिवारले पुनरावेदनको फैसलाविरूद्ध सर्वोच्चमा रिट हालेका थिए ।
२०७२ पुसमा न्यायाधीश गिरिशचन्द्र लाल र दीपकराज जोशीको इजलासले पुनरावेदनको आदेश बदर गर्दै पौडेलमा थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको थियो । सोही आदेशअनुसार उनी आफैं अदालतमा उपस्थित भएका हुन् ।
छोराका हत्यारालाई कारबाही गर्नुपर्ने माग गर्दै कृष्णप्रसादकी आमा गंगामाया अधिकारी वीर अस्पतालमा अनसन बसिरहेकी छन् । यसअघि सोही माग गर्दै अनसन बसेका कृष्णप्रसादका बुवा नन्दप्रसादको अनसनकै क्रममा निधन भएको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
