काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उपत्यकाको माइतीघर मण्डला लगायतका स्थानमा जारी गरिएको निषेधाज्ञा नहट्ने बताएका छन् ।
प्रदेश २ को विकास निर्माणबारे छलफल गर्न नेपाल कम्युनिस्ट पार्टी (ने क पा) का बालुवाटार पुगेका सांसदहरु कुरा गर्दै कसैले भन्दैमा निषेधाज्ञा नहट्ने जिकीर गरे ।
प्रधानमन्त्री ओलीले उपत्यकामा जारी गरिएको निषेधाज्ञा कुनै पनि हालतमा फिर्ता नहुने बताएका छन् । दुनियाँको कुनै पनि देशमा जहाँ मन लाग्यो त्यही प्रदर्शन गर्न नपाइने भन्दै उनले भनेका छन्, ‘लोकतन्त्र भनेको छाडातन्त्र होइन ।’
आफ्नो नेतृत्वको सरकार जनताबाट चुनिएर आएको भन्दै प्रधानमन्त्री ओलीले सरकारको विरोध गर्नु जनमत विपरित हुने दाबी गरेका छन् । यस्तै, डा.गोविन्द केसीले आमरण अनसन बस्दैमा काठमाडौंमा १० वर्षसम्म मेडिकल कलेज खोल्न रोक लगाउन नसकिने प्रष्ट पारे ।
जनताले तिरेको करबाट तलब खाने कर्मचारीले आफ्नो काम गर्नु पर्ने भन्दै उनले राजनीतिक गर्ने भए पार्टी प्रवेश गर्न डा. केसीलाई आग्रह समेत गरेका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
