काठमाडौं । प्रतिनिधिसभाको बैठक असार २५ गतेसम्मको लागि स्थगित भएको छ ।
सरकारले संसदमा जरूरी सार्वजनिक महत्त्वको प्रस्ताव आजको कार्यसूचीमा नराखेकोले प्रमुख प्रतिपक्षी दलले संसद अवरुद्ध गर्दा बैठक २५ गते सम्मको लागि स्थगित गरिएको हो ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले जुम्लामा अनसनरत डाक्टर गोविन्द केसीको जीवन रक्षा माग गर्दै संसदमा जरूरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गरेको थियो । त्यस विषयमा आजै छलफल गर्न कांग्रेसले संसद्मा ध्यानाकर्षण गराएको थियो।
कांग्रेस सांसद बालकृष्ण खाँडले सरकारले आजै यस विषयमा छलफल नगरे संसद सञ्चालन हुन नदिने बताए । सभामुखले सरकारलाई यस विषयमा जानकारी गराइसकिएको र सरकारको तर्फबाट जवाफ आउन समय लाग्ने बताए । आधा घण्टा स्थगित गरिएको बैठक फेरि सञ्चालन गरिएको थियो। तर पछि पनि कांग्रेसले विरोध जनायो ।
सांसदहरू सबै उठेर विरोध जनाइ नै रहे । सभामुखले पटकपटक अपिल गर्दा पनि सुनुवाइ नभएपछि बैठक स्थगित भएको जानकारी गराए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
