काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले शेरबहादुर देउवा सरकारले गरेका राजनीतिक नियुक्ति बदर गर्ने निर्णय फिर्ता लिन सरकारलाई आग्रह गरेको छ ।
राष्ट्रियसभाको शुक्रबारको बैठकमा सांसद जितेन्द्र देवले सरकारको निर्णयको विरोध गरे ।
सरकारले राजनीतिक बदला लिने खोजेको र यसले द्वन्द्व बढ्ने भन्दै सचेत गराए । नेपालका कुनै पनि राजनीतिक परिवर्तन सम्भव नभएको भन्दै उनले भने, ‘तपाईंहरु कांग्रेसलाई पराजित गरेर एक्लै हिड्छौं भन्ने दम्भ नपाल्नुस् ।’
कांग्रेस र कम्युनिस्ट लड्दा प्रतिक्रियावादीहरुले फाइदा लिने भन्दै उनले फेरि सँगै जेल जाने परिस्थिति आउनसक्नेतर्फ सरकारको ध्यानाकर्षण गराए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
