महन्थ ठाकुरसँग राजेन्द्र महतो भिड्ने !

काठमाडौं । राजपा नेपालको राजनीतिक समितिको बैठकमा पार्टीको संसदीय दलको नेता को बन्ने भन्ने’ बहस चर्को विवाद उत्पन्न भएको छ।

पार्टी कार्यालयमा आज बसेको बैठकमा दलको नेता अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलाई बनाउने छलफल चलिरहँदा अध्यक्ष मण्डलका अर्का सदस्य राजेन्द्र महतोले आफू पनि प्रत्यासी रहेको भन्दै कडा चूनौति दिए।

Advertisement

आजको बैठकले दलको नेता चयन गर्न मिति समेत तय गर्ने तयारी भैसकेको राजपाका महासचिव मनिष सुमनले जानकारी दिए । उनले भने,‘दलको नेता चयन गर्न निर्वाचनको मिति तय गर्ने र आजै विधान पारित हुन्छ।’

More News last news
Loading...