काँग्रेस संसदीय दलको वैठक राष्ट्रिय मुद्धामा केन्द्रित, यस्ता भए निर्णयहरु

काठमाडौं । नेपाली कांग्रेसले अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बुझ्न तीन सांसदलाई जुम्ला पठाउने भएको छ ।

बुधबार बसेको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले प्रतिनिधिसभाका सांसदहरु प्रकाश रसाइली स्नेही, रंगमति शाही र प्रदशेसभा सांसद दिनवन्धु श्रेष्ठलाई जुम्ला पठाउने निर्णय गरेको हो ।

Advertisement

बैठकमा अनसनरत डा. केसी प्रति समर्थन जनाउँदै स्वास्थ्य अवस्था बुझ्न जानुपर्ने बताएका थिए । यस्तै, कांग्रेसले छोराको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै वीर अस्पतालमा आमरण अनशनमा रहेकी गंगामाया अधिकारीको अवस्था बुझ्न तीन सांसदलाई खटाएको छ ।

सांसदहरु पार्वता डिसी चौधरी, अमरेशकुमार सिंह र वेद तिमल्सिनाले दिउँसो ३ बजे गंगामायालाई भेट्ने काँग्रेसले जनाएको छ । त्यस्तै कांग्रेसको बैठकले सरकारले निश्चित स्थानलाई मात्र प्रदर्शन र सभास्थल तोकेर अन्य क्षेत्रमा निषेध गरेकोमा विरोध गर्दै अविलम्ब फिर्ता लिन माग गर्दै फिर्ता नगरे निषेधाज्ञ तोड्ने चेतावनी समेत दिएको छ ।

यसैगरी पटक–पटक मूल्यवृद्धि हुँदा पनि सरकार मुखदर्शक बनेको भन्दै यथाश्रिघ मूल्यबृद्धि फिर्ता लिन पनि माग गरेको छ ।

More News last news
Loading...