नयाँदिल्लीमा सीता दाहाललाई गलत औषधि र गलत उपचार गरेको खुलासा

काठमाडौँ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले पत्नी सीता दाहालको उपचार भारतीय अस्पतालले गलत ढंगले गरेको संकेत गरेका छन्।

आइतबार साँझ काठमाडौँ फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेकपाका नेताहरुसँग प्रचण्डले यस्तो बताएका हुन्। ‘नयाँदिल्लीमा सीताको जे रोग हो भनिएको थियो र जुन औषधि चलाइएको थियो, त्यो होइन रहेछ’ प्रचण्डले नेकपाका नेताहरुसँग भने, सिँगापुरको अस्पतालले त्यो रोग होइन भन्यो औषधिपनि सिँगापुरको अस्पतालले फरक खालको चलायो।’

Advertisement

प्रचण्डको स्वागतका लागि विमानस्थल पुगेका योङ कम्युनिष्ट लिगका अध्यक्ष रामप्रसाद सापकोटा (दीपशिखा) का अनुसार रोगको प्रकृति नै फरक भएकाले उपचारका लागि सिँगापुरको अस्पतालले वाटर थेरापीलाई प्राथमिकता दिएको छ।

‘सीता म्याडमको उपचारका लागि एकजना नर्सपनि सँगै जानु भएको थियो, अस्पतालले उहाँलाई नै थेरापी गराउने तरिका सिकाएर पठाएको अध्यक्षले बताउनु भएको छ’ सापकोटाले भने, ‘नर्सले अब काठमाडौँमा नै थेरापी गर्ने जानकारी प्रचण्डले दिनुभयो ।’

प्रचण्डको स्वागतका लागि नेकपा प्रबक्ता नारायणकाजी श्रेष्ठ, महासचिव बिष्णु पौडेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, उर्जामन्त्री बर्षमान पुन, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार बिष्णु रिजाल लगायतका नेताहरु त्रिभुवन विमानस्थल पुगेका थिए।

More News last news
Loading...