काठमाडौं । निषेधित क्षेत्रमा विरोध तथा प्रदर्शन गरेको भन्दै विवेकशील साझा पार्टीका नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ।
सरकारले निषेधित क्षेत्र घोषणा गरेको राजधानीको माइतीघर मण्डलामा विरोध तथा प्रदर्शन गरेको भन्दै विवेकशील साझा पार्टीका नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो।
चिकित्सा शिक्षा अध्यादेशको हुबहु प्रतिस्थापन विधेयक ल्याउन सरकारलाई दबाब दिन र नागरिक स्वतन्त्रमा हस्तक्षेप गर्दै काठमाडौंलाई निषेधित क्षेत्र घोषणा गर्ने सरकारको निर्णयको विरुद्धमा प्रदर्शन गरिरहँदा प्रहरीले पार्टीका नेता तथा कार्यकर्ता पक्राउ गरेको पार्टी केन्द्रीय सदस्य मिलन पाण्डेले बताउनुभयो।
उहाँका अनुसार पार्टी संयोजक उज्ज्वल थापा, केन्द्रीय सदस्य शशीविक्रम कार्की, सुरेन्द्र भण्डारी लगायतका ९ जना नेता तथा कार्यकर्ता पक्राउ परेका छन्।
पक्राउ परेकाहरुलाई सिंहदरबार वैद्यखानास्थित सिंहदरबार प्रहरी वृत्तमा राखिएको छ । अहिलेपनि माइतीघरमा विरोध प्रदर्शन जारी छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
