चीनसँग १० बुँदे सम्झौता, विद्युतीय रेल काठमाडौं आउने बाटो खूल्यो

ऋषि धमला/बेईजीङ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी लि खस्याङबीच आज १० बुँदे महत्वपूर्ण सम्झौता भएको छ।

चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली खछ्याङबीचको एक्लाएक्लै भेटवार्तापछि द्धिपक्षीय वार्ता सम्पन्न भएको थियो । प्रतिनिधिमण्डलको संयुक्त बैठकपछि दुई देशबीच महत्वपूर्ण सम्झौता भएको हो ।

Advertisement

सम्बन्धित समाचारहरु :

चीन भ्रमण सफल र ऐतिहाँसिक भयो, म खुशी छु : प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीको चीन भ्रमणले दुई देशबीचको सम्बन्ध थप उचाइमा

ओली-जिनपिङ हयाण्डसेकपछि आईसब्रेक, परराष्ट्रमन्त्री उत्साहित

चीनीयाँ राष्ट्रपतिले भने : नेपाल भ्रमण गर्न आँतुर छु

प्रधानमन्त्री ओली र चीनीयाँ राष्ट्रपति सिबीच के–के कुराकानी भयो ?

चीनीयाँ राष्ट्रपतिले ओलीलाई किन आभार प्रकट गरे ?

चीनीयाँ राष्ट्रपतिद्धारा एक चीन नीतिमा नेपालको खुलेर प्रशंसा

नेपालमा चिनियाँ लगानी गणनायोग्य : प्रधानमन्त्री ओली

मुलुकको स्रोत, साधन र छिमेकीको साथ नै देश विकासको आधार : ओली

प्रधानमन्त्री ओलीको चीन भ्रमणबारे भ्रमण दलका १४ सदस्यहरुको यस्तो छ प्रतिक्रिया (कसले के भने)

राजधानी बेइजिङस्थित ग्रेट हल अफ द पिपलमा प्रतिनिधि मण्डलसहित दुई प्रधानमन्त्रीबीच औपचारिक भेटवार्ता भएको हो।

यसअघि समकक्षी खछ्याङसँगको भेटवार्ताअघि चिनियाँ जनमुक्ति सेनाले प्रधानमन्त्री ओलीलाई गार्ड अफ अनर दिएको थियो।

भेटवार्तामा परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, गृहमन्त्री रामबहादुर थापा, उर्जा मन्त्री वर्षमान पुन, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ र चीनस्थित नेपाली राजदूत लीलामणि पोखरेल लगायतको सहभागिता छ।

चीनसँग थप नाका खुला गर्ने, तातोपानी र केरूङमा पक्की पुल बनाउने र यसअघि भएका सम्झौताको कार्यान्वयनका समीक्षा गर्न सचिवस्तरीय समिति बनाउने लगायतका विषयमा हस्ताक्षर भएको हो ।

प्रधानमन्त्री खछ्याङले समकक्षी ओलीको सम्मानमा रात्रीभोजको आयोजना गरेका छन्। प्रधानमन्त्री ओली आजै बेइजिङबाट चीनको स्वशासित क्षेत्र तिब्बतको राजधानी ल्हासा आउने कार्यक्रम छ।

यसअघि बुधबार प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गरेका थिए। भेटका क्रममा सीले चिनियाँ रेल केरूङ हुँदै काठमाडौं पुग्नेमा आफू विश्वस्त रहेको बताएका थिए। प्रधानमन्त्री ओलीले राष्ट्रपति सीलाई नेपाल भ्रमणको निम्तो पनि दिएका थिए।

छ दिने चीन भ्रमणमा गएका प्रधानमन्त्री ओली १० गते स्वदेश फर्कने कार्यक्रम छ।

More News last news
Loading...