चिनियाँ रेल काठमाडौं पुर्‍याउन चीन सहमत, तर लगानीको विषय अझै अस्पष्ट

७ असार, काठमाडौं । राजधानीबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरु प्रधानमन्त्री केपी शर्मा ओलीको जारी चीन भ्रमणमा केन्द्रित छन् । पत्रपत्रिकाहरुले भ्रमणका क्रममा भएका विभिन्न छलफल तथा सम्झौताहरुलाई विभिन्न शीर्षक दिएर लेखेका छन् ।

चिनियाँ रेल नेपाल पुग्ने चिनियाँ राष्ट्रपति सी जिनपिङको विश्वासलाई अन्नपूर्ण, कान्तिपुर, नागरिक, राजधानी र गोरखापत्रले महत्त्वका साथ छापेका छन् । कान्तिपुरले ‘ओली–समझदारीका शूत्र’ शीर्षक दिएर खबरको लिड लाइनमा लेखेको छ– प्रधानमन्त्री केपी ओली र चीनका राष्ट्रपति सी जिनपिङबीच बुधबार बेइजिङमा भएको वार्ताले द्विपक्षीय समझदारीका निम्ति दूरगामी आधारहरु खडा गरेको छ । खासगरी सार्वजनिक चर्चामा मात्र सीमित रहँदै आएको चिनियाँ रेललाई नेपालसम्म पुर्याउन परिकल्पनाले अब कार्यरुप पाउने भएको छ ।’
ओलीको चीन भ्रमणको अलावा सरकारले कर्मचारीलाई व्यवसाय गर्न छुट गर्ने तयारी गरेको, प्राकृतिक विपतले बर्सेनि ५ सय जनाको ज्यान जाने गरेको, पाठ्यक्रम बदल्न दाताहरुले चलखेल गरेको लगायत विषयले पनि आजका पत्रपत्रिकाहरुमा उत्तिकै स्थान र महत्त्व पाएका छन् ।

Advertisement

रेल काठमाडौं पुर्याउन चीन सहमत

नयाँ पत्रिकाले भने चिनियाँ रेलको टुंगो आज लाग्ने लेखेको छ । चीन र नेपाल उत्तरी रेल काठमाडौं पुर्याउन सैद्धान्तिक रुपमा सहमत भएको तर लगानी कसले गर्ने भन्नेमा टुंगो नलागेको नयाँ पत्रिकाको समाचारमा उल्लेख छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा राष्ट्रपति सीले भने, ‘बेल्ट एण्ड रोड परियोजनाअन्तर्गत चिनियाँ रेल तिब्बतको सिगात्सेसम्म पुगिसकेको छ । काठमाडौं टाढा छैन । के गर्नुपर्छ, छलफल गर्न चीन तयार छ ।’ रेल काठमाडौं पुर्याउन सम्पूर्ण रुपमा अनुदान नदिने उनको भनाइले संकेत गरेको छ ।

नागरिकले नेपाल र चीनका विभिन्न सरकारी निकाय तथा निजी क्षेत्रबीच ९ वटा सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर भएको लेखेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा बुधबार बेइजिङमा दुवै देशका पदाधिकारीले ती सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

More News last news
Loading...