काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति शि जिनपिङबीचको बहुप्रतिक्षित भेटवार्ता सकिएको छ । चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव एवं राष्ट्रपति शि र ओलीबीच ग्रेट हल अफ द पिपुलमा भेटवार्ता भएको हो ।
राष्ट्रपति शिसँगको भेटवार्ता अघि प्रधानमन्त्री ओलीले तियानमेन स्वायरमा रहेको सहिद स्मारकमा माल्यार्पण गरेका थिए । झण्डै एक घण्टासम्म चलेको भेटवार्तामा राष्ट्रपति शिले नेपालको विकास र सम्मृद्धिका लागि भरपुर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
भेटमा नेपालको विकासमा चीनले खेल्नुपर्ने भुमिकामा कुनै कमी आउन नदिई नेपाललाई सधैँ चीनको साथ रहने प्रतिवद्धता पनि व्यक्त गरे ।
भेटवार्ताको क्रममा प्रधानमन्त्री ओलीले नेपालले तय गरेको समृद्धिको मार्गमा सहयोग र सहकार्य गर्दै आर्थिक विकासको लक्ष्य हासिल गर्नुपर्ने बताएका थिए । प्रधानमन्त्री ओली बुधबार बिहानैदेखि महत्वपूर्ण कार्यक्रम र भेटावार्तामा व्यस्त छन् ।
बुधबार नै उनले नेपाल चाइना विजनेश फोरमलाई सम्बोधन गरे भने दुई देशका निजी क्षेत्रबीच ऊर्जा, सिमेन्ट र पश्मिना उद्योग सञ्चालनका विषयमा भएको हस्ताक्षर समारोहमा सहभागी भएका थिए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
