नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघ महामन्त्री कुन्दन राज काफ्ले , चार उपाध्यक्ष राम प्रसाद अधिकारी, डिल्लीराम सुवेदी, नविन राई, प्रकाश रानाले कांग्रेस सभापति शेरबहादुर देउवालाई अध्यक्ष नैनसिंह महरले संगठन कब्जामा लिएको भनी ध्यानकार्षण गराएका छन् ।
महाधिवेशनको २२ महिना बितिरहँदा अध्यक्ष महरले क्याम्पस, जिल्ला र विश्वविद्यालयमा विधिवत अधिवेशन नगराई मनोमानी ढंगले विधि परम्परा र विधान विपरीत अध्यक्षले संगठन कब्जा गर्न खोजेको आरोप सो पत्रमा लगाइएको नेबि सघ केन्द्रिय सदस्य सुशील भट्टले जानकारी गराएका हुन् ।
अध्यक्ष महरले विभिन्न निकायमा मनोमानी संघको केन्द्रीय सदस्यहरूलाई जान
कारी नदिई मनोनयन गरेको पत्रमा उल्लेख छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
