अर्थमन्त्रीको जागिर दुई वर्षपछि चट्, गृहमन्त्री थापाको कार्यकाल ६ वर्ष

काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडाको राष्ट्रिय सभाको कार्यकाल दुई वर्षको हुने भएको छ । सोमबार भएको गोलाप्रथामा उनलाई दुई वर्षे कार्यकालको चिठ्ठा परेको हो ।

दुई वर्षपछि राष्ट्रियसभा सदस्य नहुने भएपछि उनी अर्थमन्त्री पनि हुने छैनन् । नेकपाबाट राष्ट्रियसभा सदस्य बनेका खतिवडा हाल अर्थमन्त्री छन् । गृहमन्त्री रामबहादुर थापाको राष्ट्रिसभाको कार्यकाल ६ वर्षको हुने भएको छ ।

Advertisement

त्यस्तै राष्ट्रिय सभाध्यक्ष गणेश तिमिल्सिनाको कार्यकाल पनि ६ वर्षकै हुने भएको छ । गोलाप्रथाबाट उनको कार्यकाल पनि ६ वर्षको हुने टुंगो लागेको हो ।

त्यस्तै कोमल ओलीको कार्यकाल ४ वर्षको हुने टुंगो लागेको छ ।

More News last news
Loading...