विश्वकप हेर्न काठमाडौंमा १० बुँदे आचारसंहिता : होहल्ला र सट्टेबाजी ब्याण्ड

काठमाडौं । फुटबलको महासंग्राम विश्वकप २०१८ नजिकिँदै गर्दा नेपालमा पनि रौनक छाएको छ।

विश्वकप यही जेठ ३१ बाट रुसमा सुरु हुन लाग्दा नेपालीहरु भिन्न भिन्न टिममा विभाजित छन्। नेपालको टिम नभएपनि दर्शकहरु विश्वकप हेर्न विभिन्न तयारी गरिरहेका छन्।

Advertisement

यसैक्रममा जिल्ला प्रशासन कार्यालयले काठमाडौंका दर्शकलाई मर्यादित र संयमित बनाउन १० बुँदे आचारसंहिता जारी गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले सोमबार सार्वजनिक सूचनामार्फत काठमाडौंका दर्शकका लागि १० बुँदे आचारसंहिता सार्वजनिक गरेका हुन्। ‘विश्वकपका खेलहरु क्लब, संघसंस्था, तथा निजी व्यवसायीले आफ्नो परिसर, प्रतिष्ठानमा मनोरञ्जनका लागि प्रदर्शन गर्ने सन्दर्भमा निम्न लिखित शर्तहरुको अधिनमा रहेर मात्र गर्न पाउनेछन्’, घिमिरेले भनेका छन्।

उल्लेखित आचारसंहितामा खेलहरुको प्रदर्शन आफ्नो परिसरभित्र मात्र गर्न पाउने, प्रदर्शन स्थलमा कुने प्रकारको शुल्क लगाउन नपाइने, खेलको हारजित लगायत विषयलाई लिएर कुनै पनि प्रकारको निषेधित जुवा, सट्टेबाजी, लगानी, कारोबार आदि गर्न गराउन, खेल खेलाउन नपाइने, मादक पदार्थ खरिद विक्री, ओसार पसार तथा सेवन गर्न गराउन नपाइने, असुरक्षा नियन्त्रण गर्न आवश्यक जनशक्ति तथा सीसीटिभी निगरानीको व्यवस्था गरिएको हुनुपर्ने, होहल्ला गरी टोल छिमेकमा शान्ति सुव्यवस्थामा बाधा पार्न नपाइने लगायत रहेका छन्।

प्रशासन कार्यालयले सुरक्षा तथा शान्तिपूर्ण खेल प्रदर्शनका लागि आचारसंहिता ल्याउनुपरेको जनाएको छ।

More News last news
Loading...