प्रचण्ड एकाएक ब्याक, कार्यकारी राष्ट्रपतिको विषयमा नअल्मलिने

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एकाएक कार्यकारी राष्ट्रपतिको विषयबाट ब्याक भएका छन् । उनले अहिले यो विषयमा अल्मलिने बेला नभएको स्पष्ट पारेका छन् ।

आईतबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष दहालले अहिलेको स्थिर सरकारले मुलुकको विकास, समृद्धि र सुशासन कायम गर्ने बेला भएको बताए ।

Advertisement

उनले कार्यकारी राष्ट्रपतिको एजेण्डा आउँदो निर्वाचनका बेलामा छलफल हुनसक्ने बताए । निर्माण कम्पनीहरुले समयमा गुणस्तरीय काम गर्न एकाधिकार कायम भएका क्षेत्रहरुको एकाधिकार तोड्नका लागि गृहमन्त्रीलाई आग्रह गरेको अध्यक्ष दाहालले बताए। अन्तर्रा्ष्ट्रिय बजारमा भएको मूल्य वृद्धिलाई समायोजन गर्दा महंगी बढेको उनले दाबी गरेका छन्।

राष्ट्रिय जनता पार्टीलाई सरकारमा सहभागी गराउने बारे एकचरण छलफल भएको र अब पूनः छलफल हुने पनि उनले जनाए ।

More News last news
Loading...