राष्ट्रिय सभा बिपक्षी दलको नेतामा पाण्डे

काठमाडौं । नेपाली काँग्रेस राष्ट्रिय सभाको विपक्षी दलको नेतामा सुरेन्द्र पाण्डे मनोनित भएका छन् ।

काँग्रेस सभापति एवं प्रतिनिधि सभा संसदीय दलका नेता शेरबहादुर देउवाले दलको बिधानको धारा १२ को उपधारा (१) बमोजिम पाण्डेलाई राष्ट्रिय सभा संसदीय दलको नेतामा मनोनित गरेका हुन् ।

Advertisement

नेपाली काँग्रेस दलको विधान बमोजिम प्रतिनिधि सभाका दलका नेताले राष्ट्रिय सभाको दलको नेता मनोनयन गर्न प्रावधान रहेको छ ।

More News last news
Loading...