पूर्वगृहमन्त्री दानबहादुर शाहीको ७६ वर्षको उमेरमा निधन

काठमाडौं । पूर्वगृहमन्त्री दानबहादुर शाहीको निधन भएको छ । शाहीको ७६ वर्षको उमेरमा ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

शाहीको पारिवारिक स्रोतले आइतबार बिहान ७ बजेर ५ मिनेट जाँदा उनको मृत्यु भएको जनाएको छ। श्वासप्रश्वास, मुटु रोगसँगै दुवै मिर्गाैला फेल भएर डाइलाइसिस् गर्दै आएका शाही अढाइ महिनाअघि अस्पताल भर्ना भएका थिए।

Advertisement

श्वासप्रश्वास, मुटु रोगसँगै दुवै मिर्गौला फेल भएर डाइलाइसिस् गर्दै आएका शाहीको काठमाडौंको ग्राण्डी अस्पतालमा उपचारको क्रममा आइतबार बिहान निधन भएको पारिवारीक स्रोतले जानकारी दिएको छ ।

डोटीको मुम्राकोट घर भएका शाही तत्कालीन राजा ज्ञानेन्द्र शाहको शासनकाल रहेको बेला गृहमन्त्री थिए ।

लामो समय निजामति सेवामा बिताएका शाहीले अञ्चलाधीश, प्रमुख जिल्ला अधिकारी भएर काम गरेका थिए ।

डोटीकाे मुम्राकोट घर भएका शाही तत्कालीन राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालका गृहमन्त्री थिए । उनको आजै पशुपति आर्यघाटका अन्तिम दाहसंस्कार गरिने उनका भतिजा नेत्रबहादुर शाहीले जानकारी दिए ।

 

More News last news
Loading...