काठमाडौँ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्दै यादव उपप्रधानमन्त्रीसहित सरकारमा सहभागि भएपछिसंविधान संशोधनका बारमो विगतमा लिएको अडानबाट पछि हट्ने संकेत देखिएको छ।
कुनै बेला नेकपा एमाले र कुनै बेला नेकपा माओवादी बनेको यादव अहिले तिनै एमाले र माओवादी एक भएर बनेको नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको सरकारमा सहभागि भएका छन्।
अब उनी संविधान संशोधनको मुद्दा छोडेर नेकपासँग एकता गर्नेतिर केन्द्रित भएको पाईको छ। ६ महिनाभित्रमा नै फोरमलाई नेकपामा विलय गराउने योजनासहित यादव सरकारमा सहभागि भएको बुझिएको छ।
विचारका हिसाबले विगतदेखि नै एमाले र माओवादीसँग नजिक रहेका यादव कम्युनिष्ट धारकै नेता हुन्।
अहिले पनि कम्युनिष्ट धारकै विचारसँग उनको विचार मेल खान्छ । प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीमा केपी ओली, प्रचण्ड र यादवको एकमत छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
