दरबार हत्याकाण्डको १६ बर्ष: एउटा इच्छा पूरा, अझै दुई बाँकी

काठमाडौं । दरबार हत्याकान्ड भएको १६ बर्ष पूरा भएको छ । भनिन्छ–दरबार हत्याकान्डमा षडयन्त्र भएको छ ।

काठमाडौं, जेठ १९ । दरबार हत्याकान्ड भएको १६ बर्ष पूरा भएको छ । भनिन्छ–दरबार हत्याकान्डमा षडयन्त्र भएको छ ।

Advertisement

तर यो षणयन्त्र कसले गर्‍यो ? कसैले पत्ता लगाउन सकेको छैन । दर्जनौं पटक सरकार परिवर्तन भयो तर सत्यतथ्य पत्ता लगाउन आँट कुनै सरकारले गरेन ।

नेपाली जनताले सधैं भन्ने गरेका छन–‘राजा विरेन्द्रको बंशनाश हुने गरी भएको हत्याकान्ड पत्ता लगाइयोस ।’

त्यति मात्र होइन नारायणहिटी घुम्न आउने अधिकांश दर्शकले लेख्ने गरेका छन्–‘दरबार हत्याकाण्ड छानविन होस ।’

दरबार हत्याकाण्डको रहस्य पत्ता लगाउन नसके पनि हत्याकाण्डलगत्तै पूर्वराजा ज्ञानेन्द्रले भत्काउन लगाएको हत्याकाण्डस्थल त्रिभुवन संग्राहलय निर्माण सम्पन्न गरेको छ ।

बल्ल एउटा मात्र चाहाना पुरा भएको छ । दरबार हत्याकाण्ड भएको त्रिभुवन सदन हेर्ने ।

अझै दुईवटा इच्छा पूरा हुन सकेको छैन । त्यो हो–श्रीपेज र हत्या गरिएका वीरेन्द्र परिवारको घर श्रीसदन हेर्ने ।

‘संग्राहलय प्रशासनले दरबार हत्याकाण्ड भएको १६ बर्षपछि त्रिभुवन सदन निर्माण गरेको छ,’ संग्राहलय प्रमुख रोहित ढुंगानाले भने । – नेपाल समाचारपत्र दैनिकबाट

More News last news
Loading...