७ बर्षपछि फोरमको सत्तारोहण: उपेन्द्र स्वास्थ्य र मोहम्मद शहरी मन्त्रीमा नियुक्त

काठमाडौंं । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम सरकारमा सहभागी भएको छ । शुक्रबार प्रधानमन्त्री केपी ओलीले संघीय समाजवादी फोरमका तर्फबाट २ जनालाई सरकारमा सहभागि गराएर मन्त्रिपरिषद विस्तार गरेका हुन् ।

तत्कालिन एमालेका अध्यक्ष झलनाथ खनालको नेतृत्वमा २०६८ सालमा गठन भएको सरकार सहभागी भएको फोरम नेपाल त्यस यता कुनै पनि सरकारमा सहभागी भएको थिएन । अहिले ७ बर्षपछि सरकारमा गएको हो ।

Advertisement

राष्ट्रपति विद्यादेवी भण्डारीले उपेन्द्र यादवलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री र मोहम्मद इस्तियाक राइनलाई सहरी विकास मन्त्रीमा नियुक्त गरेकी छिन् ।

योसँगै २४ सदस्यीय मन्त्रीमण्डल भएको छ ।

More News last news
Loading...