पाल्पाको हुमिनमा बस दुर्घटना, १३ जनाको मृत्यु

पाल्पा । पाल्पाको रम्भा गाउँपालिका वडा नम्बर ४ हुमिनमा बस दुर्घटना हुँदा १३ जनाको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार ज्यान गुमाउने १३ जनाकै पहिचान खुलेको छ।

प्रहरीका अनुसार विष्णुमान बज्राचार्य, उहाँका भाई सचिन बज्राचार्य, कृष्णमान शाक्य, क्षेत्रमान शाक्य, गीता बुढाथोकी, कमला कार्की, लोकप्रसाद ढकाल, दुर्गाबहादुर सारु, सुशील श्रेष्ठ, देवेन्द्र प्रधान, वसन्ती खाँड, दुर्गा श्रेष्ठ र कृष्ण्णबहादुर बोहराको ज्यान गएको हो।

Advertisement

सचिन बज्राचार्य र कमला कार्कीको उपचारका क्रममा अस्पतालमा ज्यान गएको हो।

घाइतेमध्ये १० जनाको युनाइटेड मिसन अस्पताल तानसेन र २ जनाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भैरहेको छ।

सदरमुकाम तानसेनबाट रामपुर भ्रमणका लागि जाँदै गरेको लक्ष्मी बचत तथा ऋण सहकारी संस्था तानसेनका सदस्य चढेको लु २ ख ९७५ नम्बरको बस दुर्घटनामा परेको हो।

More News last news
Loading...