‘धन बिनाको मन’ लिएर अशोक दर्जी मलेसिया जाँदै

काठमाडौं । एकाएक चर्चामा आएका बाल गायक अशोक दर्जी सांगीति कार्यक्रममा सहभागी हुन मलेसिया जाने भएका छन्।

विभिन्न श्रष्टा र सर्जकको गीत सडकमा गाउँदै आएका अशोक ‘धन बिनाको मन’ बोलको आफ्नै औपचारिक रुपमा गाएपछि भने निकै चर्चामा आएका हुन्।

Advertisement

पहिलो विदेश भ्रमणका क्रममा उनी मलेसिया जान लागेका हुन् । मलेसियामा रहेका नेपालीहरुको निमन्त्रणामा संगीतकार टंक बुढाथोकीसँगै उनी जाने भएका हुन् । त्यहाँ आउँदो जून १५ देखि १७ सम्मको कार्यक्रम रहेको संगीतकार बुढाथोकीले जानकारी दिए।

More News last news
Loading...