नेकपाको नामबाट अण्डरलाइन हट्दै, यस्तो छ तयारी

काठमाडौं । एमाले र माओवादी मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टीले आफ्नो नाम संशोधन गर्ने भएको छ।

यसअघि नेपाल कम्युनिष्ट पार्टी मुनि अण्डरलाईन दिएर दल दर्ताका लागि निवेदन दिएकोमा त्यसलाई संशोधन गर्दै कोष्टमा नेकपा थप्ने र अण्डरलाईन हटाउने निर्णय भएको नेकपाका मुख्य सचेतक देब गुरुङले जानकारी दिनुभयो ।

Advertisement

निर्वाचन आयोगमा नेपाल कम्युनिष्ट पार्टी नामको दल पहिल्यै दर्ता भएकाले नाम फेर्न धेरैतिरबाट सुझाव आएकाले नाम संशोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० राख्नेगरि आयोगलाई पत्राचार गरिएको प्रमुख सचेतक गुरुङले जानकारी दिनुभयो।

निर्वाचन आयोगमा नेपाल कम्युनिष्ट पार्टीको नाममा ऋषी कट्टेल अध्यक्ष रहेको दल यसअघि नै दर्ता भएको छ।

More News last news
Loading...