सरकारको नीति तथा कार्यक्रम पुनर्लेखन गर्नुपर्ने प्रतिपक्षी काँग्रेसको माग

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सरकारको नीति तथा कार्यक्रम पुनर्लेखन गर्नुपर्ने जनाएको छ । बिहीबारको संसदमा बैठकमा नीति तथा कार्यक्रमको छलफलमा भाग लिदै सांसद दिलेन्द्रप्रसाद बडुले यस्तो माग गरेका हुन् ।

सांसद बडुले सरकारको नीति तथा कार्यक्रमले संघीयतालाई सम्बोधन गर्न नसकेको गम्भिर आरोप पनि लगाए । सरकारले कार्यक्रमविनाको नीति मात्रै ल्याएको भन्दै त्यसलाई पुनर्लेखन गरेर पूर्णता दिनुपर्ने सांसद बडुको भनाई छ । सांसद बडुले सरकारको नीति तथा कार्यक्रममा अनावश्यक विषयले प्राथमिकता पाएको भन्दै आपत्ति समेत जनाए ।

Advertisement

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका सांसद विशाल भट्टराईले भने सरकारले ‘सुःखी नेपालीः समृद्ध नेपाल’ बनाउने संकल्पसहित नीति तथा कार्यक्रम ल्याएको भन्दै बचाऊ गरेका छन् ।

उनले सरकारको नीति तथा कार्यक्रमले पूर्वाधार विकासमा जोड दिएको, सबै स्थानीय तहमा प्राविधिक शिक्षालाई स्थापना गर्ने योजना अघि सारेको भन्दै त्यसले जनताको अपेक्षालाई सम्बोधन गर्ने विश्वास पनि व्यक्त गरे ।

More News last news
Loading...