काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका मन्त्रिपरिषद्का सदस्यहरुले आ–आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।
गृहमन्त्री रामबहादुर थापा बादलले आफ्नो सम्पत्ति विवरणको कृषि तथा पशुधन शिर्षक अन्तर्गत उनले छिमेकीबाट २ कुकुर प्राप्त गरेको जनाएका छन् ।
उनले सोही शिर्षकको कैफियतमा एक कुकुर र एक कुकुर्नी रहेको समेत उल्लेख गरेका छन् । बादललाई एकिकृत नेकपा माओवादीले सेर्लोभेट गाडी उपलब्ध गराएको पनि उल्लेख गरेका छन् ।
माओवादीबाट मन्त्रालय सम्हालेका मन्त्रीहरुमध्ये अधिकाशंको सम्पत्ति विवरण हेर्दा प्राय सबैलाई सवारी साधन उपलब्ध गराएको देखिएको छ । 
यस्तैगरी गृहमन्त्री बादलको सम्पति विवरण हेर्दा उनको श्रीमतीको नाममा देखिन्छ । उनको नाममा करिब ६ तोला सुन र ३ लाख जति सम्पत्ति पनि उल्लेख छ ।
बिस्तृत सम्पत्ति विवरण हेर्न यहाँ क्लिक गर्नुहोस् :
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
