प्रशासनमन्त्री पण्डितकाे सम्पति पुरानो साइकल र एउटा घर

काठमाडौँ । सरकारले प्रधानमन्त्री लगायत मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको सम्पत्तिमध्ये सवारी साधनमा एउटा पुरानो साइकल रहेको छ।

विवरण अनुसार उनको मोरङको विराटनगरमा एक कट्ठामा बनेको पाँच तले घर, ललितपुरको भैसेपाटीमा श्रीमती विमला पण्डितको नाममा चार आना जग्गा रहेको छ । उनको १५ तोला चाँदी र १० तोला सुन रहेको उल्लेख गरिएको छ।

Advertisement

साथै उनको नाममा एभरेष्ट बैंकमा २५ लाख, श्रीमती विमलाको नाममा एभरेष्ट बैंक र कृषि विकास बैंकमा ३० लाख रहेको सार्वजनिक विवरणमा उल्लेख छ।

More News last news
Loading...