संघीय संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय सरकारको बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेकी छिन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ संविधान कार्यान्वयनमा आएसँगै संघीय संसद्को संयुक्त बैठकमा पहिलो पटक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै छिन् ।

Advertisement

राष्ट्रपति भण्डारी अपरान्ह चार बजे संसद भवन पुग्दा उनलाई सभामुख कृष्णबहादुर महराले स्वागत गरेका थिए । राष्ट्रपतिलाई संसद परिसरमा नेपाली सेनाको एक टोलीले सलामी अर्पण गरेको थियो । मन्त्रिपरिषदको हिजोको बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा

कार्यक्रम संघीय संसद्को संयुक्त सदनलाई सम्बोधनमार्फत प्रस्तुत गर्ने सम्बन्धी प्रस्ताव स्वीकृत गरेको थियो ।

एमाले र माओवादी केन्द्र एकीकृत भई नेपाल कम्युनिष्ट पार्टी गठन भएपछि त्यसको नेतृत्वमा रहेको सरकारले प्रस्तुत गर्ने नीति तथा कार्यक्रमलाई सर्वत्र चासोका साथ हेरिएको छ ।

More News last news
Loading...