आजदेखि त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा

काठमाडौँ । आजदेखी मुलुकको एकमात्र अन्तर्रा्ष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल दैनिक २१ घण्टा सञ्चालनमा आउने भएको छ । यात्रुलाई सहजरुपमा सेवा दिने लक्ष्यका साथ सरकारले आजदेखि विमानस्थल २१ घण्टा संचालनमा ल्याउन लागेको हो ।

यसअघि सरकारले २४सै घण्टा विमानस्थल सञ्चालन गर्ने बताए पनि साधन र स्रोतको व्यवस्थापन, जनशक्ति आदि कारणले तीन घण्टा कम अर्थात् २१ घण्टामात्रै सञ्चालन गर्न लागिएको बताईएको छ । विमानस्थलमा बढ्दो यात्रुको चापलाई व्यवस्थापन गर्न र अन्तर्रा्ष्ट्रिय उडानलाई थप प्रभावकारी बनाउन सञ्चालनमा नयाँ पन दिन लागिएको हो ।

Advertisement

हाल विमानस्थल बिहान ६ देखि राति १२ बजेसम्म जम्मा १८ घण्टा सञ्चालन भइरहेको छ । सञ्चालन अवधि २१ घण्टा पु¥याउँदा त्यो समय बिहान ६ देखि भोलिपल्ट बिहान ३ बजेसम्मको हुनेछ । तर सरकारले विमानस्थल सञ्चालनको समय बढाए पनि व्यावहारिक कार्यान्वयनका क्रममा आइपर्ने समस्यासँग जुध्नका लागि प्रभावकारी व्यवस्थापन गर्नुपर्ने जानकारको टिप्पणी छ ।

अन्तर्रा्ष्ट्रिय मापदण्ड र अभ्यासका आधारमा संवेदनशील उड्डयन क्षेत्रलाई सुरक्षित भरपर्दो बनाउँदै जनशक्ति व्यवस्थापनको पक्षलाई ध्यान दिनुपर्ने उनीहरुको भनाइ छ ।

More News last news
Loading...