काठमाडौं । नेपाली कांग्रेसले जिल्ला सभापतिहरुको भेला हेटौंडामा गर्ने भएको छ । ७७ जिल्लाका सभापतिको भेला प्रदेश ३ को राजधानी हेटौंडामा गर्ने तयार भइको हो ।
मकवानपुरका कांग्रेस सभापति इन्द्रबहादुर बानियाँका अनुासर जिल्ला कार्यसमिति सभापतिको राष्ट्रिय भेला असारमा हुने छ । कांग्रेसले चुनावी समीक्षा र भावी कार्यदिशाका लागि सभापतिको भेला विशेष हुने बताएको छ ।
भेला असार २, ३ र ४ गते तीन दिन हेटौंडामा हुने छ । केनद्रीय समितिले जेठभित्र भेला गरिसक्ने बताएको भए पनि जेठ १५ गते बजेट आउने र त्यसपछि हुने छलफलमा सांसद व्यस्त हुने भएकाले जिल्ला सभापतिको भेलालाई असारको सुरुमा सारेको कांग्रेस उपसभापति बिमलेन्द्र निधिले जानकारी दिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
